शीतलनिवासमा ओली, दाहाल र खनालबीच छलफल

डेढ वर्षपछि एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच अनौपचारिक छलफल र संवाद भएको छ । 

राष्ट्रपति कार्यालय शीतल निवासमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयताको शपथ कार्यक्रममा तीन पूर्वप्रधानमन्त्रीबीच छलफल भएको हो । 

तीनै नेता पूर्वप्रधानमन्त्रीको हैसियतमा शपथ कार्यक्रममा सहभागी भएका थिए । ओली, प्रचण्ड र खनाल सँगै तीनवटा कुर्सीमा बसेका थिए । त्यहीबेला उनीहरूबीच संवाद भएको हो । 

एमाले अध्यक्ष ओलीको निजी सचिवालयले सार्वजनिक गरेको तस्बिरमा तीनैजना कुराकानी गरिरहेको देखिन्छ । निर्वाचनको परिणामपछि तीनै नेताबीच पहिलोपटक छलफल भएको हो ।





  • प्रकाशित मिति : पुस ६, २०७९ बुधबार १५:२९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया