लोसपा अध्यक्ष ठाकुर संसदीय दलको नेतामा सर्वसम्मत

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को संसदीय दलको नेतामा अध्यक्ष महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन् ।

बुधबार राजधानीमा बसेको पार्टी संसदीय दलको बैठकबाट अध्यक्ष ठाकुर सर्वसम्मत संसदीय दलको नेता बनेका हुन् । 

लोसपाले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४ सिट जितेको छ । समानुपातिकमा भने थ्रेस होल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न सकेन । 

निर्वाचनमा सत्ता गठबन्धनमै रहेको लोसपाले सरकारमा जाने समेत निर्णय गरिसकेको छ । 





  • प्रकाशित मिति : पुस ६, २०७९ बुधबार १५:३२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया