सरकारमा जान्नँ, देउवाले एकलाैटी गर्न खाेजे मान्य हुँदैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने बाटो खुला भएको बताएका छन्। बुधबार संसदीय दलको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवासँग पराजित भएपछि थापाले सञ्चारकर्मीसँग यस्तो बताएका हुन्।

उनले सरकारको आलापालोको कुरा र राष्ट्रपति लगायतका पदहरुको बाँडफाँटको विषयमा सभापति देउवाले व्यक्तिगत तवरले अघि बढाए मान्न नसकिने बताए। पार्टी र संसदीय दलभित्र खुला छलफलका साथ निर्णय नभए आफूहरुलाई मान्य नहुने उनकाे भनाइ छ ।

थापाले आफू सरकारमा सहभागी नहुने बताएका छन्। पार्टीको महामन्त्री र सांसदको रुपमा आफू काम गर्ने स्पष्ट पार्दै उनले आफ्नो प्रयास पार्टी संसदीय दलको नेता बन्न नै केन्द्रित हुने बताए । 





  • प्रकाशित मिति : पुस ६, २०७९ बुधबार १६:७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया