देउवासँग भेटेर जनार्दनले भने : गठबन्धन जाेगाइराख्ने हाे भने प्रचण्डलाई पहिले सरकारको नेतृत्व दिनुपर्छ

अर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री शेरबहादुर देउवासँगकाे भेटमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पहिले सरकारको नेतृत्व दिनुपर्ने माग गरेका छन् । 

कांग्रेस संसदीय दलको नेतामा देउवा चयन भएलगत्तै देउवालाई बधाइ दिन बालुवाटार पुगेका अर्थमन्त्री शर्माले सत्ता गठबन्धन जाेगाइराख्नका लागि पहिलाे चरणमा प्रचण्डले प्रधानमन्त्री पाउनुपर्ने दाबी गरेका हुन् । 

आलोपालो गर्ने विषयमा कांग्रेस र माओवादीबीच भद्र सहमति भएकाे भन्दै शर्माले देउवा पहिलो कार्यकाल प्रधानमन्त्री बनिसकेकाले अब माओवादीलाई नेतृत्व सुम्पिनुपर्ने माग राखेका थिए ।

माओवादीले गठबन्धनभन्दा बाहिर गएर पनि सरकारको नेतृत्व गर्ने अवसर पाइरहेकाे तर यही गठबन्धनमार्फत सरकारको नेतृत्व गर्न चाहेकाे शर्माकाे भनाइ थियाे । 

मंगलबार मात्रै एमाले उपाध्यक्ष सुवास नेम्वाङले खुमलटार पुगेर प्रचण्डलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका थिए। त्यसका लागि एमालेले राष्ट्रपति लिने र एकीकृत समाजवादीलाइ भने सरकारमा नलैजाने सहमति गर्नुपर्ने नेम्वाङकाे प्रस्ताव थियाे ।





  • प्रकाशित मिति : पुस ६, २०७९ बुधबार १६:१८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया