रुपन्देहीमा मोटरसाइकल दुर्घटना, दुईजनाको मृत्यु

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । 

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–भैरहवा सडक खण्डको तिलोत्तमा–५ मणिग्रामस्थित सडक किनारको रेलिङमा ठोक्किएर मंगलबार राति मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो ।

दुर्घटनामा परेर शुद्धोधन गाउँपालिका–६ का २४ वर्षीय गजेन्द्र सहनी र पछाडि सवार सियारी गाउँपालिका–२ का २६ वर्षीय वृजेश थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा दुवैजनाको मृत्यु भएको हाे । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवलबाट भरहवातर्फ जाँदै गरेको लु४७प ३६१४ नम्बर को मोटरसाइकल राति साढे १ बजे दुर्घटनामा परेको थियो । 

प्रहरीको प्रारम्भिक अनुसन्धानमा तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई रेलिङमा ठोक्किएको देखिएको छ ।





  • प्रकाशित मिति : पुस ६, २०७९ बुधबार १८:४०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया