नेपाली कांग्रेसका महमन्त्री गगनकुमार थापाले संसदीय दल नेतामा निर्वाचित पार्टी सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन्।
संसदीय दलको निर्वाचनमा देउवासँगै पराजित भएका थापाले बुधबार साँझ एक ट्विट गर्दै देउवालाई बधाई दिएका हुन्।
बुधबार भएको कांग्रेस संसदीय दलको निर्वाचनमा देउवाले थापालाई पराजित गरेका हुन्।
८९ सदस्यीय संसदीय दलमा देउवाले ६४ मत ल्याउँदा थापाले २५ मत ल्याएका थिए।
हार्दिक बधाई तथा शुभकामना ! pic.twitter.com/vrOVC3dPoH
— Gagan Thapa (@thapagk) December 21, 2022
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।