गण्डकीका सांसदले मातृभाषामा पनि शपथ लिन पाउने

गण्डकी प्रदेशसभाका नवनिर्वाचित सांसदले मातृभाषामा पनि शपथ लिन पाउने भएका छन् । 

संसद सचिवालयले सांसदलाई मातृभाषामा शपथ लिन पाउने गरी सूचना जारी गरेको हो । तर, त्यसका लागि सांसदहरुले ३ दिनअघि नै जानकारी गराउनु पर्नेछ ।

‘कसैको आफ्नै भाषा छ भने त्यसमा हामी शपथ गराउन सक्छौं । हुन त हामीसँग उल्था गर्ने मान्छे हुनुहुन्नँ,’ संसद सचिव हरिराज पोखरेलले भने, ‘तर उहाँहरुले चाहनुभयो भने त्यसको व्यवस्था हामी मिलाउछौं ।’ सांसदहरुको सपथ १४ गतेका लागि तोकिएको छ । 

१४ गते बिहान ११ बजेका लागि सांसदलाई निम्तो पठाउन लागिएको पोखरेलले बताए । १ बजेदेखि शपथको कार्यक्रम सुरु हुनेछ । त्यसअघि १३ गते नै जेष्ठ सदस्यले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसँग सपथ लिनेछन् । 

गण्डकीमा पर्वतबाट निर्वाचित मित्रलाल बस्याल सबैभन्दा जेष्ठ सदस्य हुन् । प्रदेश प्रमुखबाट शपथ लिएपछि भोलिपल्ट अन्य सांसदलाई उनले नै शपथ गराउनेछन् । 

सभामुख निर्वाचित नहुँदासम्मका लागि उनी सभाध्यक्षसमेत हुनेछन् । ६० सदस्यीय गण्डकीमा २७ सिट कांग्रेस, २२ सिट एमाले, ८ सिट माओवादी, २ सिट राप्रपा र १ सिट एकीकृत समाजवादीको छ ।





  • प्रकाशित मिति : पुस ६, २०७९ बुधबार २१:७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया