सबैभन्दा कम मत बदर मनाङमा

प्रतिनिधिसभा सदस्य निर्वाचनमा  हिमाली जिल्ला मनाङमा सबैभन्दा कम अर्थात् ०.३९ प्रतिशत मत बदर भएको छ । 

मनाङमा प्रत्यक्षतर्फ ०.३९ र समानुपातिकतर्फ ०.९५ प्रतिशत बदर भएको छ ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ देशभर भने ५.०६ र समानुपातिकतर्फ ५.०९ प्रतिशत मत बदर भएको छ । 

प्रत्यक्षतर्फ कुल मतदाताको ६१.४१ प्रतिशत अर्थात् १ करोड १० लाख ४७ हजार ३४ मत खसेको थियो । जसमा ५ लाख ५९ हजार ७६ मत बदर भएको हो । 

गण्डकीका ११ जिल्लामध्ये तनहुँमा सबैभन्दा धेरै ५.६५ र सबैभन्दा कम मनाङमा ०.३९ प्रतिशत बदर भएको छ । 

समानुपातिकतर्फ भने धेरै अर्थात् ५.७३ प्रतिशत मत गोरखामा बदर भएको छ । थोरै अर्थात् ०.९५ प्रतिशत बदर मनाङमा भएको छ ।





  • प्रकाशित मिति : पुस ६, २०७९ बुधबार २१:४६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया