[भिडिओ] संसदीय दलमा पराजित भएपछि के भने गगनले ?

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भिडियो सन्देशमार्फत नवनिर्वाचित दलका नेता शेरबहादुर देउवालाई बधाई दिएका छन्। संसदीय दलको नेतामा पराजित थापाले मतदाताले प्रत्यक्ष मत हाल्न पाउने व्यवस्था भएको भए परिणाम आफ्नो पक्षमा आउने बताएका छन्।  

पार्टी महामन्त्रीमा पहिलो प्रयासमा ६०० भन्दा कम मत ल्याएकोमा पाँच वर्षको प्रयासपछि ३ हजारभन्दा बढी मत पाएको भन्दै थापाले संसदीय दलको परिणामबाट आफू निराश नभएको पनि बताएका छन्। 

थापाले आफूलाई संसदीय दलको नेता छाडेर प्रस्तावक बनेर सहयोग गर्ने डा. शेखर कोइराला, समर्थन गर्ने धनराज गुरुङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेललाई धन्यवाद दिएका छन् । 

उनले आफूलाई मत दिने २४ सांसदलाई विशेष आभार व्यक्त गरेका छन् । बाँकी विश्वास जित्न नसकेका सांसदहरुलाई पनि नमन गर्दै उनले आगामी दिनमा मन बदल्ने कोसिस गर्ने बताएका छन् ।

संसदीय दलको नेताको निर्वाचनमा सभापति देउवाले ६४ मत पाए भने महामन्त्री थापाले २५ मत मात्रै पाएका थिए । 

 





  • प्रकाशित मिति : पुस ६, २०७९ बुधबार २२:११:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया