पेलेको स्वास्थ्य अवस्था थप जटिल

ब्राजिलका महान फुटबल खेलाडी पेलेको क्यान्सर थप फैलिएको छ ।  ‘पेलेको क्यान्सर रोग फैलँदो अवस्थामा छ । उनको मिर्गौला र मुटुको विशेष ध्यान राख्नुपर्ने आवश्यकता छ,’ पेलेको उपचार गरिरहेको अल्वर्ट आइन्स्टाइन अस्पतालले भनेको छ ।

तीनपटक फिफा विश्वकप उपाधि जितेका ८२ वर्षीय पेले तीन सातादेखि अस्पतालमा उपचाररत गरिरहेका छन् । सेप्टेम्बर २०२१ मा पेलेको ठूलो आन्द्राबाट ट्युमर निकालिएको थियो । त्यसयता उनको नियमित उपचार हुँदै आएको छ ।

‘हामीले घरमा क्रिसमस मनाउन नपाउने भयौँ,’ पेलेकी छोरी केली नासिमेन्तोले इन्स्टाग्राममा लेखेकी छन्, ‘हामीले चिकित्सकसँग सल्लाह गरेर यहीँ रहने निर्णय गर्यौँ । किनभने उहाँलाई अस्पतालमै रहनु फाइदा छ ।’ 





  • प्रकाशित मिति : पुस ७, २०७९ बिहीबार १३:७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया