प्रधानमन्त्री देउवासँग भेटवार्ताका लागि प्रचण्ड बालुवाटारमा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ताका लागि बालुवाटार पुगेका छन् । संसदीय दलको नेतामा चयन भएलगत्तै उनी भावी सरकार गठनबारे छलफल गर्न बालुवाटार पुगेका हुन्।

देउवाका प्रेस सहयोगी गोविन्द परियारका अनुसार अहिले देउवा र दाहालबीच कुराकानी भइरहेको छ। बिहीबार प्रतिनिधिसभा सदस्यको शपथ ग्रणहलगत्तै सिंहदरबारमा भएको संसदीय दलको बैठकबाट दाहाल दलको नेतामा चयन भएका थिए । 

उनले तत्काल आफूलाई प्रधानमन्त्री दिन कांग्रेस र गठबन्धनका अरु दलसँग आग्रह गरेका छन्। शपथ ग्रहणपछि दाहालले अहिलेकै गठबन्धनले निरन्तरता पाउने र भावी प्रधानमन्त्रीबारे छिट्टै बसेर टुंगो लगाउने जानकारी दिएका थिए। 

सिंहदरबारमा शपथपछिकाे चियापान कार्यक्रममा प्रचण्ड र एमाले अध्यक्ष केपी वली सँगै बसेका थिए । साे क्रममा वलीले दाहाललाइ प्रधानमन्त्रीका लागि तयार हुन भनेकाे माववादीनिकट स्तले दाबी गरेकाे छ । 





  • प्रकाशित मिति : पुस ७, २०७९ बिहीबार १८:८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया