प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ दाहालबीच भेटवार्ता भइरहँदा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि मिसिएका छन् ।
‘प्रचण्ड’ संसदीय दलको नेतामा चयन भएलगत्तै बालुवाटार पुगेका थिए । उनीपछि नेपाल पनि बैठकमा सहभागी हुन बालुवाटार पुगेका थिए ।
जारी छलफलमा नयाँ सरकार गठनका लागि सहमतिकाे प्रयास गरिने बताइएकाे छ । प्रधानमन्त्री देउवा आफैँ पहिलाे चरणमा प्रधानमन्त्री बन्ने प्रयासमा छन् भने प्रचण्डले आफूले पहिलाे चरणमा प्रधानमन्त्री पाउनुपर्ने दाबी गरिरहेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि पुस १० गतेसम्मको समय तोकेकी छन् । सबै दलमा संसदीय दलकाे निर्वाचन सकिएसँगै उनीहरू सरकार निर्माणकाे तयारीमा जुटेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।