काठमाडौंमा आज यसवर्षकै बढी चिसो, दुई प्रदेशमा हिमपातको सम्भावना

आज पनि तराईका जिल्लामा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । तराईमा दिउँसोसम्म नै हुस्सु/कुहिरो लाग्ने मौसमविदले जनाएका छन् ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार काठमाडौंसहित पहाडी जिल्लामा भने हुस्सु/कुहिरो हटेर घाम लाग्ने सम्भावना छ । यद्यपि आज पारिलो घाम नलाग्ने उनको भनाइ छ ।

आज दिनभरजसो मौसम आंशिक बदली रहने मौसमविद् मानन्धरले जानकारी दिइन् । आज काठमाडौंमा यसवषकै बढी चिसो मापन गरिएको छ । 

बिहीबारको तुलनामा आज काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री सेल्सियसले घटेको छ । बिहीबार ६ दशमलव ५ डिग्री सेल्सियस रहेकोमा आज काठमाडौंको न्यूनतम तापक्रम ५ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ ।  

शुक्रबार राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । यस्तै, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसमविद् मानन्धरले जानकारी दिइन् ।  





  • प्रकाशित मिति : पुस ८, २०७९ शुक्रबार ७:४५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया