आकर्षक तलबसहित रविको पार्टीले माग्यो सिइओ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विदेशमा रहेका नेपालीलाई आकर्षक तलबसहित आफ्नो पार्टीले जागिर दिने बताएका छन् । 

उनले चितवन पार्टी कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) आवश्यक रहेकाले सम्पर्क गर्न अनुरोध गरेका हुन् । हाललाई एकजना कर्मचारी आवश्यक परेको र विस्तारै अन्य अवसर पनि सिर्जना गर्ने लामिछानेले उल्लेख गरेका छन् । 

उनले सिइओका लागि छनोट हुने व्यक्तिलाई लिन आफू  नै एअरपोर्टमा उपस्थित हुने पनि बताएका छन् । 

‘यो देशमा मान्छे बाकसमा मात्र फर्किनुपर्छ भन्ने छैन । विदेशमा रहनुभएका व्यवस्थापनमा दखल राख्ने, स्वेदशमा केही गर्न इच्छुक व्यक्तिको हामीलाई खाँचो परेको छ । हाम्रो चितवन कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत सिइओ भएर विकास, सुशासन, व्यवस्थापनलगायतका सम्पूर्ण कार्यभार सम्हाल्न सक्ने मान्छेलाई अति आकर्षक तलब तथा सुविधासहित म एअरपोर्टमा स्वागत गर्न तयार छु । कति बाकसमा मात्रै फर्किने? अब आकर्षक जागिरका लागि श्वास र आस लिएर नेपाल आउने नि, हैन त? सुरुवात एकजनाबाट, थप योजना सार्वजनिक गर्दै जाउँदा । आफ्नो सीभी मलाई पठाउनुहोला । म तपाईँलाई लिन आफैं एअरपोर्ट आउँछु,’ लामिछानेले सामाजिक सञ्जालमा भनेका छन् । 





  • प्रकाशित मिति : पुस ८, २०७९ शुक्रबार १०:०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया