घट्यो सुनचाँदीको मूल्य

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला १ लाख १ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँ छ । बिहीबार तेजावी सुन प्रतितोला १ लाख १ हजार रुपैयाँ थियो । 

त्यस्तै, आज चाँदी १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । 

हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १ हजार ७ सय ९४ दशमलव  आठ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको छ ।  





  • प्रकाशित मिति : पुस ८, २०७९ शुक्रबार ११:३३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया