नेपाल टी-२० लिगको विजेताले ५५ लाख पाउने

पहिलोपटक आयोजना हुन लागेको नेपाल टी–२० लिगको विजेता टोलीले ५५ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले  शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै लिग विजेताले प्राप्त गर्ने पुरस्कार रकम सार्वजनिक गरेको हो । 

त्यस्तै, लिगको उपविजेताले ३० लाख, तेस्रो हुनेले १० लाख तथा चौथो स्थान हासिल गर्ने टिमले ५ लाख रुपैयाँ प्राप्त गर्ने क्यानले जनाएको छ । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ लाख, उत्कृष्ट बलर र ब्याटरलाई समान २ लाख ५० हजार, उदीयमान खेलाडीलाई १ लाख ८० हजार प्रदान गरिने भएको छ । प्रतियोगिताको ‘प्लेयर अफ द म्याच’ ले ४० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।  

कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबारबाट सुरु हुने प्रतियोगितामा काठमाडौं नाइट्स, जनकपुर रोयल्स, लुम्बिनी अल स्टार्स, फार वेस्टर्न युनाइटेड, विराटनगर सुपर किंग्स र पोखरा एभेन्जर्स गरि ६ टोली सहभागी छन् ।  





  • प्रकाशित मिति : पुस ८, २०७९ शुक्रबार १३:८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया