नेपाल प्रहरीका एसपी रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले विशेष अदालतको फैसला उल्ट्याउँदै यादवलाई दोषी ठहर गरेको हो ।
२०७० सालमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा रहेका बेलामा अनियमितता गरी मुद्दा मिलाएको भनी यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
विशेष अदालतले सफाइ दिएसँगै उनी बढुवा भएका थिए । सर्वोच्च अदालतले उनीसँगै हवल्दार ढक बहादुर गुरुङलाई पनि दोषी ठहर गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।