नाइजेरियामा बोको हरामका १०३ लडाकू मारिए

नाइजेरियामा पछिल्ला केही दिनयता बोको हराम आतंककारी सङ्गठनका १ सय ३ जना लडाकू मारिएका छन् । यहाँका सैनिक अधिकारीले नाइजेरियाको उत्तरी क्षेत्रका कम्तीमा पनि १ सय ३ जना अतिवादी मारिएको बताएका छन् ।

ती अधिकारीकाअनुसार गएका तीन हप्तायता भएका कारबाहीका क्रममा ती अतिवादी मारिएका हुन् । नाइजेरियामा केही वर्षदेखि हत्या तथा आतंक जारी नै राखेका बोको हरामका लडाकूले पछिल्लो समयमा यहाँका सैनिक तथा प्रहरी पोष्ट एवं सुरक्षा अधिकारीमाथि नै हमला गर्ने गरेका छन् ।

यस क्रममा यहाँको सेनाले नाइजेरियाको उत्तरी क्षेत्रमा बोको हरामका विरुद्धमा सशक्त कारबाही अघि बढाएको छ । ती क्षेत्रमा व्यक्तिगत सम्पत्ति नष्ट गर्नुका साथै सरकारी निकायका कार्यालयहरुमा पनि उनीहरूले आगजनी गर्ने गरेका समाचारका आधारमा सेनाले सो कारबाही अघि बढाएको हो ।

नाइजेरियाको राष्ट्रिय सेनाका प्रवक्ता मुसा दनमद्नीले सो कुराको जानकारी दिएका हुन् । उनले नाइजेरियाको उत्तरी क्षेत्रमा यहाँका बोको हराम र इस्लामिक स्टेटका विरुद्धमा यहाँको सेनाले कारबाही थालेको छ । 





  • प्रकाशित मिति : पुस ८, २०७९ शुक्रबार १४:१०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया