बागमती प्रदेश सभाका नवनिर्वाचित सांसदको सपथ ग्रहण पुस १४ गते

बागमती प्रदेशसभाको नवनिर्वाचित सांसदहरुको शपथग्रहण पुस १४ गते हुने भएको छ । ४ मंसिरमा सम्पन्न निर्वाचनबाट प्रदेश सभाको दोस्रो कार्यकालको लागि निर्वाचित भएर आएका सांसदहरुको शपथग्रहण पुस १४ गते हुने भएको हो । 

शुक्रबार प्रदेश सभामा बसेको सर्वदलीय बैठकले १३ गते प्रदेश सभाको ज्येष्ठ सदस्यले प्रदेश प्रमुखसमक्ष शपथ लिने र १४ गते सांसदहरुको शपथग्रहण गर्ने विषयमा सहमति भएको छ ।

सरकारले प्रदेश प्रमुखलाई बैठकमा भएको सहमति अनुसार को सिफारिस गर्ने बताए । १३ गते ज्येष्ठ सदस्यको शपथ, १४ गते प्रदेश सभाको अन्य सदस्यहरूको शपथ र १८ गते प्रदेश सभाको पहिलो बैठक गर्ने विषयमा दलहरुबीच सहमति भएको सर्वदलीय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले बताए ।  





  • प्रकाशित मिति : पुस ८, २०७९ शुक्रबार १५:७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया