लालवीर चौधरी रेशम चौधरीको पार्टीमा प्रवेश गरेका छन् । उनले बर्दिया २ बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचन जितेका थिए ।
उनलाई त्यहाँ नागरिक उन्मुक्ति पार्टीले नै समर्थन पनि गरेको थियो । रेशम चौधरीले खोलेको यो पार्टीमा अहिले उनकी पत्नी रन्जिता श्रेष्ठ अध्यक्ष छिन् ।
श्रेष्ठले खादा र माला लगाएर लालवीर चौधरीलाई पार्टीमा स्वागत गरेकी हुन् । रन्जिता पनि सांसदमा निर्वाचित भएकी थिइन् ।
योसँगै नागरिक उन्मुक्ति पार्टीको संसदमा ४ सिट पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।