यस्तो छ ट्रेलरमा ‘गुञ्जन’

प्रेम कथानक फिल्म ‘गुञ्जन’ को ट्रेलर सार्वजनिक भएको छ । पुस २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ट्रेलर शुक्रबार ओएसआर डिजिटलमार्फत दर्शक माझ ल्याइएको हो । पौने दुई मिनेट लामो ट्रेलरमा माया प्रेमका कुराका साथै सम्बन्धमा आउने आरोह अबरोहलाई प्रस्तुत गरिएको छ । 

बिगत दुई दशकदेखि द्वन्द्व निर्देशकका रूपमा आफ्नो पहिचान बनाएका अष्टमान महर्जनको डेब्यु निर्देशनमा बनेको फिल्मको ट्रेलरमा प्रमुख तीन कलाकार–सारा सिर्पाली, कविर खड्का र डेब्यु अभिनेता प्रितमराज सेन्चुरीलाई स्टाइलिस रूपमा प्रस्तुत गरिएको छ । 

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्ममा सारा, प्रितमराज र कबिरका साथमा सरोज खनाल, हिउँवाला गौतम, ऋचा थापा,रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय छ । 

महेश दवाडीले लेखेको फिल्म राजेश श्रेष्ठले खिचेका हुन् । कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्मको सम्पादन बिपीन मल्लले गरेका हुन् । पोखरा, काठमाडौ र दुवईमा खिचिएको फिल्मको बितरण जीजीए ग्रुप र एफडी कम्पनीले गर्दै छ ।  

 





  • प्रकाशित मिति : पुस ९, २०७९ शनिबार ११:५२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया