शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्रै घात हुँदा निर्वाचनको परिणाममा असर परेको बताएका छन् । उनले केहि व्यक्तिहरुले पार्टीको आन्तरिक विषय र महाधिवेशनको विषयलाई उठाएर निर्वाचन प्रभावित गर्न लागिपरेकोसमेत बताए ।
आफूसहितका केही उम्मेदवारविरुद्ध निरन्तर नकारात्मक सन्देश प्रवाह गरेर हराउने अभियानसमेत चलाइएको उनको आरोप छ। चुनावको समयमा पार्टीभित्रको कुरा ल्याएर नकारात्मक प्रचार गर्दा यसको असर निर्वाचन परिणाममा देखिएको र जित्ने ठाँउमा पनि कांग्रेसले पराजय भोग्नु परेको उनको भनाई छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।