बालुवाटारमा कांग्रेसको छलफल जारी, सांसदहरूको हस्ताक्षर संकलन गरिँदै
फाइल तस्बिर

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेसका सांसदहरूको छलफल जारी छ । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका सांसदहरूलाई बालुवाटार बोलाएका हुन् । 

अहिले नयाँ सरकार गठन लगायतका विषयमा बालुवाटारमा छलफल जारी छ । बालुवाटारमा भेला भएका सांसदहरूको हस्ताक्षर पनि कांग्रेसले संकलन गर्न थालेको छ । कांग्रेसले शुक्रबारदेखि नै पार्टीका सांसदहरूको हस्ताक्षर संकलन गरिरहेको हो । सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिन लाग्दा प्रधानमन्त्रीमा दाबी गर्न सांसदहरूको हस्ताक्षर संकलन गरिएको कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले बताए ।

प्रतिनिधि सभामा कांग्रेसका ८९ जना सांसद छन्।  प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आइतबार सकिन लाग्दा राजनीतिक दलहरूले आ-आफ्नो पार्टी भित्र छलफललाई तीव्र पारेका छन् ।  





  • प्रकाशित मिति : पुस ९, २०७९ शनिबार १३:२०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया