नेपाली कांग्रेसका महिला सांसदहरूले अब पनि नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने बताएका छन् । बालुवाटरमा शनिबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दै उनीहरूले यस्तो सुझाब दिएका हुन् ।
उनीहरूले निर्वाचनका बेला पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने भनेर मत मागेको र सोही आधारमा कांग्रेसलाई जनताले सबैभन्दा ठूलो पार्टी बनाएर पठाएको बताएका थिए । उनीहरूले हालको गठबन्धन नभत्काइ कांग्रेसको नेतृत्वमा सरकार बनाउनु पर्ने बताए ।
सभापति देउवाले पनि यसै विषयमा गठबन्धनमा कुरा भइरहेको र हिजो दिनमा जस्तै हामी सरकारमा जादैनौँ भन्दा पनि जानु पर्ने अवस्था आएको थियो त्यस्तै अवस्था आउन सक्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।