प्रचण्डको नेतृत्वमा सरकार गठनका लागि माओवादीमा हस्ताक्षर संकलन

नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार गठनका लागि माओवादीले हस्ताक्षर संकलन गरेको छ।

नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि हस्ताक्षर संकलन गरेपछि माओवादीले पनि प्रचण्डको नेतृत्वमा सरकार गठन गर्न हस्ताक्षर संकलन गरेको हो। 

राष्ट्रपति विद्यादेवी भण्डारी दिएको सरकार गठनका लागि दिएको एक हप्ताको समयसीमा आइतबार ५ बजे सकिँदै छ। अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री बन्नका लागि दबाबसमेत दिँदै आएका छन्। 

मा‌ओवादीले सरकारको नेतृत्व पहिले आफूहरूले गर्नुपर्ने अडान लिएको छ। निर्वाचनमा माओवादीले ३२ सिट पाएको छ । 





  • प्रकाशित मिति : पुस ९, २०७९ शनिबार १६:२७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया