बिजुली माया वन श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार किरण प्रधानलाई

भीम विराग संगीत, साहित्य कला प्रतिष्ठान नेपालले बिजुली माया वनः संगीत राष्ट्रिय पुरस्कार ०७९ वरिष्ठ गायक, संगीतकार, लेखक तथा निर्देशक डा. किरण प्रधानलाई प्रदान गर्ने भएको छ । 

प्रतिष्ठानले ०६४ सालमा स्थापना भएको बिजुली माया वन अन्तर्राष्ट्रिय संगीत पुरस्कारद्वारा भीम विरागको स्मृति दिवसको अवसरमा प्रधानलाई सम्मान गर्न लागेको हो । 

हेटौंडाका कुशल व्यवसायी, संगीतप्रेमी, समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी ममतामयी आमाको नामबाट स्थापना गरेको उक्त पुरस्कारको राशि १ लाख रुपैयाँ रहेको छ । 

प्रतिष्ठानका अध्यक्ष ह्यग्रीव आचार्यका अनुसार आगामी माघ १५ गते हेटौंडामा सांगीतिक कार्यक्रमको आयोजना गरी प्रधानलाई पुरस्कार प्रदान गरिनेछ । 

०१० सालमा काठमाडौंमा जन्मिएका प्रधानको के सोचेँ मैले के भयो अहिले, छातीमा मेरो यो छोटो भोटो, भुल हो तेरो भागी हिँड्नु जीवनदेखि, रातो र चन्द्रसूर्य जंगी निशान हाम्रो, पत्थरको मुटु बोकेर मान्छे तिमी नबनिदे, अभागी आमा कुन देशमा, विपना नभई बाँचिदिने म भित्रका मेरा सपनालगायत ४ सय बढी गीतहरुमा स्वर दिएका छन् ।

यसअघि बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कारबाट ०६४ सालमा अम्बर गुरुङ, ०६५ मा प्रेमध्वज प्रधान, ०६६ मा भक्तराज आचार्य, ०६७ मा फत्तेमान राजभण्डारी, ०६८ मा शान्ति ठटाल, ०६९ मा प्रकाश श्रेष्ठ, ०७० मा दीप श्रेष्ठ, ०७१ मा न्हुच्छे बहादुर डंगोल, ०७२मा मीरा राणा, ०७३ मा कर्म योञ्जन, ०७४ मा चेतन कार्की, ०७७ मा दावा ग्याल्मो र ०७८ मा दीपक जंगम पुरस्कृत भइसकेका छन् । 



वरिष्ठ कलासाधक कवि एवं गीतकार भीम विरागको व्यक्तित्वप्रति सम्मानस्वरुप भाषा साहित्य र कला क्षेत्रको संरक्षण एवं संवद्र्धन गर्ने उद्देश्यले ०५९ सालमा स्थापना भएको प्रतिष्ठानले साहित्य संगीत सांस्कृतिक र कला क्षेत्रमा १२ वटा पुरस्कारको व्यस्थापन गर्दै आएको छ । 



शनिबार मात्र ६ जना व्यक्तित्वलाई ६ विधाको पुरस्कारद्वारा सम्मान गरेको प्रतिष्ठानले अन्य विधाको पुरस्कार चाँडै घोषणा गरी प्रदान गर्ने बताइएको छ ।

  • प्रकाशित मिति : पुस ९, २०७९ शनिबार १७:८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया