आइतबारदेखि बागमती प्रदेश आमन्त्रण क्रिकेट शृंखला

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा बागमती प्रदेश आमन्त्रण क्रिकेट शृंखला आइतबारदेखि सुरु हुँदै छ ।

शृंखलामा नवौँ राष्ट्रिय खेलकुदमा सहभागी बागमती प्रदेशको महिला टोली र हङकङ क्रिकेटको महिला टिमबीच दुई फम्र्याटको चार मैत्रीपूर्ण खेल खेलाइनेछ । 

दुई खेल ४० ओभरको हुनेछ भने बाँकी २ खेल टी– २० हुने परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीले जनाएका छन् ।

मुलपानी क्रिकेट मैदानमा शृंखलाअन्तर्गत डिसेम्बर २५ र २६ तारिखमा ४० ओभरको खेल खेलाइनेछ । डिसेम्बर २७ र २९ तारिखमा टी– २० खेल हुनेछ ।

बागमती प्रदेशको महिला टिमले नवौं राष्ट्रिय खेलकुदमा कांस्यपदक जितेको थियो । हङकङको टिममा राष्ट्रिय टिमकी कप्तान क्यारी चेनसहित राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका अन्य ६ खेलाडी रहेको आयोजकले जनाएको  छ ।

नेपालमा महिला क्रिकेटको सम्भावना, अन्तर्राष्ट्रिय स्तरमा बढ्दो लोकप्रियता तथा क्रिकेटको विकास र प्रवद्र्धनमा योगदान पु¥याउने उद्देश्यले शृंखला आयोजना गर्न लागिएको सदस्य–सचिव भण्डारीले बताए ।





  • प्रकाशित मिति : पुस ९, २०७९ शनिबार १७:४६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया