बालुवाटार छलफल : राष्ट्रपतिसँग थप समय माग्ने तयारी

अहिले सत्ता गठबन्धनका शीर्ष नेताहरू बालुवाटारमा छलफलमा छन् । सत्तारुढ गठबन्धनले सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसँग थप समय माग्ने तयारी गरेको छ ।

संविधानले धारा ७६ (२) अनुसार राष्ट्रपतिले दिएको समय भोलि सकिँदै छ । सो समयभित्र गठबन्धनले सरकार बनाउन सहमति जुटाउन नसक्ने भएपछि थप समय माग्ने तयारी गरेको हो । 

संविधानले प्रतिनिधिसभा सदस्यको परिणाम आएको एक महिनाभित्र गठनको आह्वान गर्न भनेको छ । सोहीअनुसार गठबन्धनले राष्ट्रपतिबाट पाएको १० दिनको समय भोलि सकिँदै छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा जारी गठबन्धन बैठकमा छलफल जारी राख्ने र राष्ट्रपतिसँग थप समय माग्न आग्रह गर्ने शीर्ष नेताहरूलाई भनेका छन् । 

माओवादीले सरकारको नेतृत्व आफूले गर्नुपर्ने बताउँदै आएको छ । पहिलो दल भएका कारण कांग्रेसले पनि आफ्नो दाबी कायम नै राखेको छ ।

गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री दाबी गरेपछि सहमति जुट्न सकेको छैन । 





  • प्रकाशित मिति : पुस ९, २०७९ शनिबार १८:३९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया