लमजुङमा राष्ट्रकवि घिमिरेको पूर्णकदको सालिक निर्माण गरिने

मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले लमजुङको गाउँसहरस्थित लमजुङ माध्यमिक विद्यालय प्रांगणमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको पूर्णकदको सालिक निर्माण गर्ने भएको छ ।

प्रतिष्ठानको आज सम्पन्न ‘२१औँ साधारणसभा तथा अधिवेशन’का अवसरमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष डा. बमबहादुर थापा ‘जिताली’ले गाउँसहरस्थित लमजुङ माविको प्रांगणमा सलिक राख्न राष्ट्रकविको पूर्णकदको सालिक निर्माण भइरहेको बताए ।

‘लमजुङ दरबारलाई पर्यटकीय र साहित्यिक थलोका रूपमा विकास गर्न पूर्णकदको सालिक निर्माण भइरहेको छ, चाँडै नै उक्त सालिकको अनावरण गर्छौं,’ उनले भने । ​

प्रतिष्ठानका पूर्वअध्यक्षद्वय सोमकान्त अधिकारी र डा. देवी सुवेदीले लमजुङमा छरिएर रहेका साहित्यिक प्रतिभालाई प्रतिष्ठानले खोजेर लमजुङको साहित्यिक अभियानलाई थप अगाडि बढाउनुपर्ने बताए । 

वरिष्ठ पत्रकार एवं प्रतिष्ठानका संस्थापक सदस्य सोमनाथ घिमिरेले राष्ट्रकवि माधवप्रसाद घिमिरेको अभाव मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानलाई खड्किरहेको बताए ।

नवोदित कलेजका प्राचार्य राजेन्द्र अधिकारीले नयाँ विद्यार्थीलाई समेत साहित्यिक क्षेत्रमा संलग्न गरी  साहित्यिक अभियानलाई थप अगाडि बढाउनुपर्नेमा जोड दिए ।





  • प्रकाशित मिति : पुस ९, २०७९ शनिबार २२:१३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया