नयाँ सांसदलाई बालेनले भने– नयाँ गफाडीहरु
फरकधार / १० पुस, २०७९

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले ४ मंसिरमा भएको निर्वाचनबाट निर्वाचित नयाँ सांसदहरुलाई नयाँ गफाडीहरुको संज्ञा दिएका छन् । 



उनले सामाजिक सन्जालमा लेख्दै नयाँ सांसदहरुलाई नयाँ गफाडीको संज्ञा दिएका हुन् । 

उनले सामाजिक सन्जाल फेसबुकमा नयाँ सांसदहरु गफाडी भएको मात्र लेखेका छैनन्, देश पुरानै रहेको र उही पुराना व्यापारीहरु रहेको पनि लेखेको छन् ।



चार लाइन कवितात्मक शैलीमा लेखिएको स्टाटसमा बालेनले यस्तो लेखेका हुन् ।



यसपटक प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीका नयाँ सांसदहरु रहेका छन् । बालेन स्वयं काठमाडौं महानगरपालिकामा मेयर पदका लागि गत वैशाखमा भएको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए ।

  • प्रकाशित मिति : पुस १०, २०७९ आइतबार ५:३६:३२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया