पिएसजीसँग सम्झौता नवीकरण गर्न मेस्सी सकारात्मक

अर्जेन्टिनी टिमका कप्तान लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँगको सम्झौता नवीकरण गर्न सकारात्मक देखिएका छन् । बीबीसीका अनुसार मेस्सी पिएसजीसँग सम्झौता नवीकरण गर्न प्रारम्भिक चरणमा सकारात्मक देखिएका हुन् ।

फ्रेन्च लिग वान क्लबसँग उनको सम्झौता सन् २०२३ को जुनमा सकिँदैछ । मेस्सी सन् २०२१ मा बार्सिलोना छाडेर पिएसजीमा अनुबन्ध भएका थिए । उनले त्यो बेला २ वर्षको सम्झौता गरेका थिए । मेस्सीले पिएसजीका लागि ५३ खेल खेल्दा २३ गोल गरेका छन् ।

उनको कप्तानीमा केही दिनअघि अर्जेन्टिनाले कतार विश्वकपको उपाधि जित्यो । २२ औं संस्करणको विश्वकपमा अर्जेन्टिनालाई विश्वकप जिताउन उनको भूमिका अह्म रह्यो ।  

मेस्सीले ८ खेलमा ७ गोल गर्नुका साथै ३ असिस्टसमेत गरे । विश्वकपको सर्वोत्कृष्ट खेलाडी बन्दै मेस्सीले दोस्रोपटक गोल्डेन बल पनि जित्न सफल भए ।  





  • प्रकाशित मिति : पुस १०, २०७९ आइतबार ८:१२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया