काठमाडौंकाे दक्षिणकालीमा पानी ट्यांकर दुर्घटना : एकको मृत्यु, दुईजना घाइते

काठमाडौंको दक्षिणकाली नगरपालिका–२ इँटाभट्टामा पानी ट्याङ्कर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् ।

प्रहरीका अनुसार शनिबार बेलुका साढे ६ बजे बा ३ ख ६६५६ नम्बरको पानी ट्याङ्कर दुर्घटना हुँदा ट्याङ्करमै रहेका सिन्धुलीका २१ वर्षीय रविन वाइबाको मृत्यु भएको हो । 

वाइबाको बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, दुर्घटनामा घाइते भएका दुई जनाको पनि बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

तीव्र गतिका कारण पानी ट्याङ्कर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : पुस १०, २०७९ आइतबार ८:५४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया