आन्तरिक छलफलपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि निर्धारण गरेको समय आज सकिन लागेकाले प्रचण्ड प्रधानमन्त्री देउवासँगको छलफलका लागि बालुवाटार पुगेका हुन् ।
बालुवाटारमा छलफल गर्नुअघि देउवा र प्रचण्डले आ–आफ्ना पार्टीका नेताहरूसँग कुराकानी गरेका थिए । पहिलो कार्यकालमा प्रधानमन्त्री पाउनुपर्ने कांग्रेस र माओवादीको अडानका कारण गठबन्धनमा भागबण्डामा सहमति जुट्न सकेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।