कांग्रेसले अडान नछाडेपछि ओलीलाई भेट्न बालकोट पुगे प्रचण्ड
फाइल तस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठक छाडेर उनी ओलीसँग कुराकानी गर्न बालकोट पुगेका हुन् ।

आज बिहान बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान कायमै राखेपछि प्रचण्ड बैठकबाट बाहिरिएका थिए ।  

बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा आज साँझ ५ बजे सकिँदैछ । त्यसअघि नेताहरू शक्ति बाँडफाँटका लागि सहमति जुटाउने अन्तिम प्रयासमा छन् ।  





  • प्रकाशित मिति : पुस १०, २०७९ आइतबार १३:२२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया