नयाँ सरकार गठनबारे नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा नमिलेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी ओलीसँग सहकार्यका लागि छलफल गर्न थालेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालकोट गएका छन् । बालुवाटारमा सत्ता गठबन्धनको बैठक छाडेर बाहिरिएका प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट हिँडेका हुन् ।
गठबन्धनमा अबको सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति हुन सकेको छैन । माओवादीले आलोपालोपालोमा पहिलो चरणको प्रधानमन्त्री दाबी गर्दै आएको भएपनि कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै दिन नसकिने बताउँदा सहमति हुन सकेको छैन ।
अब बन्ने नयाँ सरकारको नेतृत्वमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा आज साँझ सकिँदै छ । दलहरू भने शक्ति बाँडफाँटमा सहमति खोज्न छलफललाई तीव्रता दिइरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।