खोटाङमा बस दुर्घटना, ६ जना घाइते

उदयपुरबाट खोटाङको दिक्तेल आउँदै गरेको बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । खोटाङ प्रहरीका अनुसार प्रदेश १– ०५–००१ ख ००१७ नम्बरको यात्रुवाहक बस दिक्तेल–रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् ।

बुइपा दिक्तेल सडक खण्डअन्तर्गत माथिल्लो बुइपामा सडकबाट करिब ५ मिटर तल बस खसेको छ । आइतबार बिहान १०ः४० बजेको समयमा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेलाई जिल्ला प्रहरी कार्यालय र बुइपा प्रहरी चौकीबाट खटिएको प्रहरीले उद्धार गरेको डीएसपी मञ्जिल मुकारुङले जानकारी दिए ।

घाइते हुनेमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ खिरिका वर्ष २९ का बिरेन्द्र घिमिरे, सोही ठाउँका २८ वर्षीया दिलकुमारी श्रेष्ठ, रावाबेसी गाउँपालिका–२ खार्पाका २० वर्षीय कुशल सार्की, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ का ७३ वर्षीय आइते सार्की, सोही ठाउँका २७ वर्षीया सुस्मिता ढुंगाना र हलेसी तुवाचुङ नगरपालिका–११ का रेनुका भुजेल रहेका छन् ।

घाइतेमध्ये वीरेन्द्र घिमिरेको अवस्था गम्भीर रहेको छ । उनीसँगै दिलकुमारी र गर्भवतीसमेत रहेकी रेनुकालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ । 





  • प्रकाशित मिति : पुस १०, २०७९ आइतबार १३:४४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया