सत्तारुढ गठबन्धनको बैठकमा दलहरुबीच सहमति हुन नसकेपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हठ, हतारो र आवेगमा कुनै निर्णय नगर्न अपिल गरेका छन् ।
विकल्पहरूको विकल्पमा जुट्नुको विकल्प नरहेको शर्माको भनाई छ । उनले आलोचनाबीच गठबन्धन गर्ने, तर अपेक्षाबीचमा जोगाउन नसक्ने अवस्था आउन दिन नहुने बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हठ, हतारो र आवेगमा कुनै निर्णय नगरौँ ! आलोचनाबीच गठबन्धन गर्ने, तर अपेक्षाको बिचमा जोगाउन नसक्ने अवस्था आउन दिनुहुन्न । समयले अभिभावकत्व खोजेको छ । यो पनि र त्यो पनि भनिरहँदा, न यो न त्यो हुने अवस्थामा पुग्नु हुन्न विकल्पहरुको विकल्पमा जुट्नुको विकल्प छैन !’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।