बालकाेट बैठक : प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति, राष्ट्रपतिसमक्ष आजै दाबी पेस गर्ने

एमाले अध्यक्ष केपी शर्मा ओलीकाे निवासमा जारी बैठकमा माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएकाे छ । 

बैठकले नयाँ सत्ता समीकरण गर्दै दाहाललाई आधा कार्यकालका लागि प्रधानमन्त्रीको रुपमा अघि सारेको हो । साढे २ वर्षपछि एमालेले प्रधानमन्त्री लिने सहमति भएकाे छ ।

दाहाललाई प्रधानमन्त्रीमा अघि सार्दै राष्ट्रपतिसमक्ष आइतबारै दाबी पेस गर्ने सहमति भएकाे बैठकमा सहभागी माओवादी नेता वर्षमान पुनले बताए । 

नयाँ सत्ता समीकरणमा एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२, जनमत पार्टीका ६ र अन्य साना दलसमेत सामेल हुने बताइएको छ । 





  • प्रकाशित मिति : पुस १०, २०७९ आइतबार १५:५६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया