सरकार निर्माणको दौड विश्वकप फुटबलको फाइनलजस्तै : डा. बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकार निर्माणको दौड विश्वकप फुटबलको फाइनलजस्तै भएको बताएका छन् । 

भट्टराईले फेसबुकमा लेखेका छन्,‘हालै सन्पन्न वर्ल्डकप फुटबलको फाइनल र नेपाली राजनीतिको खेल आज ‘टाइब्रेकर’सम्मै उस्तै रोमाञ्चक हुन लागेको हो ?’
 
विश्वकपको फाइनलको निर्धारित ९० मिनेटको अन्तिम समयमा फ्रान्सले लगातार २ गोल गर्दै बराबरी गरेसँगै खेल निकै रोमाञ्चक बनेको थियो । अतिरिक्त ३० मिनेटको समयमा पनि बराबरी भएपछि पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले फ्रान्सलाई पराजित गरेको थियो ।

अहिले सरकार निर्माणको खेल पनि त्यस्तै बन्न लागेको हो भन्दै भट्टराईले प्रश्न गरेका हुन् ।





  • प्रकाशित मिति : पुस १०, २०७९ आइतबार १६:१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया