सरकार निर्माणमा राप्रपाले सहयोग गर्ने

राप्रपाकाे केन्द्रीय कार्यसम्पादन समिति बैठकले नयाँ सरकार बनाउन सहयोग गर्ने निर्णय गरेकाे छ।

आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले जसको नेतृत्वमा सरकार बने पनि सहयोग गर्ने निर्णय गरेको हो।

राप्रपा प्रवक्तासमेत रहेका सांसद ज्ञानेन्द्र शाहीले नयाँ सरकार बनाउन राप्रपाले सहयोग गर्ने बताए। मध्यावधि चुनावमा नजाओस् भनेर स्थायित्वका लागि यस्तो निर्णय गरिएको उनले बताए । 

बालकोटमा बसेको बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति गरेका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएकाे साे बैठकमा अध्यक्ष राजेन्द्र लिङदेन पनि सहभागी भएर छलफल गरेका थिए। 





  • प्रकाशित मिति : पुस १०, २०७९ आइतबार १६:१७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया