सात दलको समर्थन लिएर शीतल निवास जाँदै प्रचण्ड

माओवादी केन्द्र संसदीय दलका नेता तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा आफूलाई रहेको सात दलको समर्थन लिएर राष्ट्रपति कार्यालय जाँदै छन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुक्ति पार्टीबीच सहमति भएको छ । 

सहमतिपत्रमा हस्ताक्षर भइसकेपछि प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री पदमा दावी गर्न राष्ट्रपति भवन शीतल निवास जाने तयारीमा छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले ३ पुसमा एक साताको समय दिएर संविधानको धारा ७६ (२)अनुसार प्रधानमन्त्री पदमा दाबी गर्न आह्वान गरेकी थिइन् । उक्त समय सकिन केही मिनेट बाँकी छ । 
 





  • प्रकाशित मिति : पुस १०, २०७९ आइतबार १६:५१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया