गण्डकीमा एमाले संसदीय नेतामा खगराज अधिकारी

गण्डकीमा नेकपा एमालेबाट संसदीय दलको नेतामा खगराज अधिकारी चयन भएका छन् । आइतबार भएको सांसदको भेलाले अधिकारीलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो । 

योसँगै उनी गण्डकीको मुख्यमन्त्रीको दाबेदारसमेत बनेका छन् । यसअघि कांग्रेस गठबन्धनमा रहेको माओवादी एमालेतिर मिलेसँगै गण्डकीमा एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना बढेको हो । 

यहाँ एमालेको २२ र माओवादीको ८ सिट छ । २ सिट रहेको राप्रपा पनि सरकारमा जाने भएपछि ३२ सिटसहित तीन पार्टीको सरकार गण्डकीमा बन्ने भएको छ । 

यद्यपि, माओवादीले पनि गण्डकीको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको छ । 





  • प्रकाशित मिति : पुस १०, २०७९ आइतबार १९:५७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया