पोखरा अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरको जेट विमान अवतरण

पोखरामा पहिलोपटक जेट विमान अवतरण भएको छ । सौर्य एयरलाइन्सले आइतबार पोखरा अन्तराष्ट्रिय विमानस्थलमा बम्बार्डियर सिआरजे २०० विमान अवतरण गरेको हो । 

आउँदो जनवरी १ देखि नियमित उडान भर्नका लागि अभ्यासस्वरुप सौर्यको विमान पोखरा ल्याएको कम्पनीले जनाएको छ । सौर्यले अब दैनिक २ उडान भर्ने जनाएको छ । 

यूरोप, अमेरिका तथा अन्य देशमा उडान गरिरहेको सिआरजे २०० जहाजमा जेट इन्जिन भएकाले सुरक्षित, आरामदायी एवं द्रुत गतिको मानिन्छ ।

 ‘हाम्रो सेवाले पर्यटनको राजधानी पोखराको पर्यटनमा टेवा पुग्ने विश्वास लिएको छु,’ अध्यक्ष दीपक पोखरेलले भने, ‘आन्तरिक उडानका लागि लोकप्रिय हाम्रा जहाजको सेवाले यात्रुको मन जित्नेमा आशावादी छु ।’

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा यसअघि बुद्ध र यती एयरलाइन्सले परीक्षण उडान भरेका थिए । जनवरी १ देखि विमानस्थल सञ्चालनको तयारी गरिएको छ । 





  • प्रकाशित मिति : पुस १०, २०७९ आइतबार २०:३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया