सोमबार पनि केही स्थानमा हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विभागका अनुसार आज प्रदेश–१ र गण्डकी प्रदेशको हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको हो ।
राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ र गण्डकी प्रदेशको हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद वरुण पौडेलले जानकारी दिए ।
उनका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ ।
बिहान काठमाडौं उपत्यकाकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।