रेखा शर्मा मन्त्री बन्ने

नेकपा माओवादी केन्द्रकी नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्मा मन्त्री बन्ने भएकी छन् । उनी आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका​ पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्ने भएकी हुन् ।

यद्यपि शर्माको मन्त्रालयको टुंगो भने लाग्न बाँकी रहेको छ । स्रोतका अनुसार उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना छ ।

गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा शर्मा दाङ–२ मा एमाले महासचिव शंकर पोखरेललाई २ सय मतान्तरले हराउँदै सांसदमा विजयी भएकी थिइन् । 





  • प्रकाशित मिति : पुस ११, २०७९ साेमबार ९:३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया