देउवाले तत्काल सभापति र संसदीय दलको नेताबाट राजीनामा दिनुपर्छ : गुरुराज घिमिरे

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सभापति शेरबहादुर देउवाको राजीनामा माग गरेका छन् । नैतिकताको आधारमा देउवाले सभापति र संसदीय दलको नेताबाट तत्काल राजीनामा दिनुपर्ने घिमिरेको भनाइ छ ।

‘हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो? आज किन जोगाउन सकिएन?’ ट्विट गर्दै घिमिरेले प्रश्न गरेका छन् । 

देउवाले राजीनामा नदिए छिट्टै विशेष महाधिवेशन बोलाउनुपर्ने पनि घिमिरेले उल्लेख गरेका छन् । अहिलेको परिस्थिति आउनुमा सत्तालिप्सा र भजनमण्डली जिम्मेवार रहेको उनको आरोप छ । 

‘ने.का. सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनुपर्छ । हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन? यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ । राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइनेछ,’ घिमिरेले लेखेका छन् । 





  • प्रकाशित मिति : पुस ११, २०७९ साेमबार १०:२९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया