सरकारी निवास छाड्दै देउवा
फाइल तस्बिर

आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्न नसकेका निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन् । देउवा बालुवाटारस्थित सरकारी निवास छाडेर बुढानिलकण्ठस्थित निजी निवास जान लागेका हुन् ।

आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भइसकेका छन् । प्रचण्डले आजै अपराह्न चार बजे प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दैछन् । देउवाले त्यसअघि नै प्रधानमन्त्रीको सरकारी निवास छाड्ने बताइएको छ ।  





  • प्रकाशित मिति : पुस ११, २०७९ साेमबार १०:३७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया