पहिलो सिजनको नेपाल टी–२० लिगमा फार वेस्ट युनाइटेडले पहिलो जित निकालेको छ । उसले सोमबार भएको खेलमा काठमाडौं नाइट्सलाई ४ विकेटले हराउँदै पहिलो जित निकालेको हो ।
युनाइटेड पहिलो खेलमा लुम्बिनी अल स्टार्सविरुद्ध ६७ रनले पराजित भएको थियो ।आफ्नो दोस्रो खेलमा काठमाडौंले दिएको ९९ रनको सामान्य लक्ष्य युनाइटेडले १९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
उसका लागि कप्तान हशमतुल्लाह शाहिदीले ४९ बलमा तीन चौका र दुई छक्कासहित अविजित ५० रन बनाए । त्यस्तै, देव खनालले १७ र भीम सार्कीले ११ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
काठमाडौंका लागि अनिल खरेलले १० ओभरमा एक मेडनसहित १० रन दिएर सर्वाधिक दुई विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर ९८ रन बनायो ।
लागि एलेक्स ब्लेकले अविजित ४५, कप्तान ज्ञानेन्द्र मल्लले १३ र सन्तोष कार्कीले १२ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । युनाइटेडका लागि उमर अलीले तीन, हजमतुल्लाह शाहिदी, भुवन कार्कीले समान दुई/दुई र शेर मल्लले एक विकेट लिए ।
यो जितसँगै युनाइटेड दुई खेलबाट दुई अंकका साथ तालिकाको चौथो स्थानमा उक्लिएको छ । तेस्रो स्थानमा रहेको काठमाडौं दुई अंकका साथ तेस्रो स्थानमा छ । उसले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई २६ रनले हराएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।