कमल थापाले दिए प्रचण्डलाई बधाई, ओलीलाई शुभकामना

राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीमा नियुक्त भएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिएका हुन् ।

उनले मुलुकमा विद्यमान सङ्कट समाधानमा यो पटक सफल हुनुहोस् भनेर प्रचण्डसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समेत शुभकामना दिएका छन् । 

थापाले फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्री हुनुभएकोमा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हार्दिक बधाई। साथै, नयाँ गठबन्धन बनाएर नेकपा(एमाले)लाई राष्ट्रिय राजनीतिको केन्द्रबिन्दुमा राख्न सफल हुनुभएकोमा केपी शर्मा ओलीलाई पनि बधाई । मुलुकमा विद्यमान सङ्कट समाधानमा यो पटक सफल हुनुहोस् । दुवैलाई शुभकामना ।’ 





  • प्रकाशित मिति : पुस ११, २०७९ साेमबार १५:११:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया