बझाङको छबिसपाथिभेरामा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउपालिका–३ शान्तिकोट गोठालाचौकामा सोमबार साँझ साढे ७ बजे ट्याकटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । 

बझाङ प्रहरीका अनुसार मृत्यु हुनेमा चालक छबिसपाथिभेरा–५ का मंगल धामी र सहचालक धनबहादुर ठगुन्ना रहेका छन् । सोही ट्याक्टरमा सवार धर्म धामी भने सकुशल रहेका छन् ।

झोलुङ्गे पुलका सामान लिएर गएको से २ त २३४३ नम्बरको ट्याक्टर उकालो सडक भएकाले पछाडि सर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।  





  • प्रकाशित मिति : पुस ११, २०७९ साेमबार २१:२१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया